Logo

कोरोना कोषलाई क्रिकेटर सन्दिपले दिए एक लाख

१४ चैत्र ०६, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्नुहुने भएको छ ।
उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उहाँले ट्वीट गर्दै भन्नुभएको छ । सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्